डिस्लेक्सिया भएका बालबालिकालाई फरक शैलीमा पढाउनुपर्ने

Dec. 20, 2023

काठमाडौँ /४ पुस – सिकाइ दोष, डिस्लेक्सियका सम्बन्धी शिक्षकहरूसँग छलफल गरिएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र दि एक्सेल्सियर स्कुलको सहकार्यमा न्युरोलोजिकल कमजोरीको कारण भाषा बुझाइ, पढाइ, निर्देशन र लेखनमा समस्या भएका बालबालिका कस्तो प्रकृति वा आचरणका रहन्छन् भन्ने विषयमा छलफल गरिएको हो ।


विद्यार्थीहरूमा व्यक्ति, वस्तु आदिको नाम भुल्ने, गीत, कविता नसम्झने, अक्षर शब्द आदिको क्रमानुसार याद नरहने, अक्षर समान देख्ने, शब्द र ध्वनिको भिन्नता र समानता पहिचानमा समस्या देखिने गर्दछ । यसै विषयमा केन्द्रित रहेर प्रयोगात्मक पक्षमा कमजोर रहने, गणित सिकाइमा समस्या देखिने, लेखाइ सम्बन्धी समस्या र ध्यानपूर्वक स्थिर रहन नसक्ने जस्ता फरक फरक समस्याका बारेमा छलफल गरिएको थियो ।


मुख्य गरी बालबालिकाको सिकाइलाई प्रभाव पार्ने तत्वहरू बालबालिकाको प्रकृति र स्वभाव जत्तिकै फरक फरक रहने र सरोकारवालाले उनीहरूको अवस्था पहिचान गरेर सिकाइ गतिविधिमा विभिन्नता ल्याउनुपर्ने कुरा छलफलमा जोड दिइएको थियो । डिस्लेक्सिया खासमा कुनै रोग नभएको, शारीरिक र जन्मजात कारण रहेको तर यो मानसिक र बौद्धिक कमजोरी नरहेकाले विद्यार्थीलाई मूल्याङ्कन गर्दा होस् अथवा गतिविधि सञ्चालन गर्दा विद्यार्थी कसरी सिक्न सक्दछन् भन्ने मनोवैज्ञानिक दक्षता सहित शिक्षकले कक्षा गतिविधि सञ्चालन गर्नुपर्ने काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले बताए ।


संसारभरमा बढीमा २०% व्यक्ति डिस्लेक्सियाबाट प्रभावित भएपनि उस्तै प्रकारका देखिने सबै समस्याहरू डिस्लेक्सिया नहुने हुनाले, डिक्लेक्सिया भएको बालबालिकाको सिकाइ स्तर, रचनात्मकता र बौद्धिकता अन्यका सरल समान हुने भएकाले गतिविधिमा विविधता हुनपर्ने र शिक्षक सचेत हुनुपर्ने छलफलमा बताइयो ।


बालबालिकामा डिस्लेक्सिया भएन भएको बुझ्न, शिक्षकले र अभिभावकले पूर्ण गोपनीयताका साथ ५/६ महिना अवलोकन, अप्रत्यक्ष र अनौपचारिक माध्यमले कुराकानी, गतिविधिको निगरानी आदि मार्फत यथार्थ बुझी सोही अनुरूप काम गराउनका लागि कार्यक्रममा समूहगत छलफल गरिएको थियो ।


साथै डिस्लेक्सिया भएका विद्यार्थीका लागि इन्द्रिय जन्य विविधताका आधारमा, छोएर हेरेर, अनुभव गरेर, बोलेर शारीरिक रूपमा अभिनय र सक्रिय रहेर फरक शैलीमा काम गर्न सक्ने वातावरण सिर्जना गरी गतिविधि सञ्चालन गर्नुपर्ने सिकाइ परिवेश, मूल्याङ्कन शैली, समय र अवस्था फरक गर्नुपर्ने र अभिभावक र विद्यालयले नियमित सहकार्य गरेर बालबालिकाको सिकाइलाई स्तरोन्नति गर्नुपर्ने जस्ता संवेदनशील विषयमा छलफल, गरिनुका साथै खोजी, सचेतना, गतिविधि प्रस्तुति र सुझाव सङ्कलन जस्ता कामहरू गरिएको थियो ।


डिस्लेक्सिया सम्बन्धमा शिक्षक जानकार र जागरुक हुनुपर्ने, आवश्यकता अनुसार शङ्कास्पद विद्यार्थीको अवस्था अध्ययन गर्नुपर्ने, कक्षामा उनीहरूलाई गर्ने व्यवहार, दिने समय, सोध्ने प्रश्न प्रोत्साहन, परीक्षाको समय, उत्तरपुस्तिका, निर्देशन कक्षा गतिविधि आदिमा कुरा उच्च सचेतना र संवेदनशीलता अपनाएर पठनपाठन र गतिविधि रोचक बनाउनुपर्ने शिक्षाविद् डा. लक्ष्मण ज्ञवालीले बताए ।


यस्ता विद्यार्थीहरूले एउटै पद्धति र गतिविधिबाट कुनै एक विषयमा सिक्न सक्दैनन् वा भनौँ उनीहरूबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिन्न । शिक्षक, अभिभावक र परामर्शदाताको प्रयास विफल हुन्छ । भाषा सिकाइबाट राम्ररी सिक्न सक्दैनन् र त्रुटि गरिरहन्छन् । एउटै वा उस्तै प्रकारका गल्तीहरू पुनः दोहो¥याई रहन्छन् । यस्तो परिघटना विद्यालयमा कुनै नौलो घटना नहुन सक्छ । तर, बालबालिकाले कतिपय अवस्थामा जानेरै गल्ती र कमजोरी देखाइरहेका हुन्छन् भने कुनै अवस्थामा उनीहरूको कमजोरी सिर्जना हुनुमा जन्मजातको शारीरिक असक्षमता, मस्तिष्क तथा स्नायु प्रणाली जन्य दोष पनि हुन सक्छन् यसलाई शिक्षकले ख्याल गरेर त्यसै अनुसार पठनपाठन गर्न आवश्यक छ ।