महानगरका विद्यालय सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँग समझदारी

Dec. 20, 2023

काठमाडौँ /२७ मंसिर – काठमाडौँ विश्वविद्यालय र काठमाडौँ महानगरपालिकाबिच सामुदायिक विद्यालय सुधारका लागि सम्झौता भएको छ । महानगरपालिकाले सञ्चालन गरेको ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रमलाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्ने उदेश्यले विश्वविद्यालयसँग सम्झौता भएको हो ।


मंगलबार महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति भोला थापा, स्कुल अफ एजुकेशनका डिन डा। बालचन्द्र लुइटेलको उपस्थितमा ६ वटा कार्यक्रमहरू कार्यान्वयन गर्न सम्झौता गरिएको छ ।


महानगर भित्रका सामुदायिक विद्यालयहरूमा शिक्षामा सिप , पुस्तक रहित शुक्रवार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण कार्यक्रम , शिक्षक विद्यार्थीको प्रविधि मैत्री सिप विकास कार्यक्रम , शिक्षण सिकाइ पेडागोजीमा सुधार , विद्यार्थीको नतिजामा सुधार कार्यक्रम र प्रारम्भिक बालविकास कक्षाको स्तरोन्नतिमा सहकार्य गर्न दुबै पक्ष तयार भएको सम्झौतामा उल्लेख गरिएको छ ।