छोटा कोर्स गरेका ७५ जना सहभागिलाई प्रमाणपत्र वितरण

July 28, 2023

काठमाडौं/११ साउन-काठमाण्डौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले छोटा कोर्स गर्ने शिक्षकरुलाई प्रमाणपत्र वितरण गरेको छ । तीनवटा ३ क्रेडिट कोर्स गर्ने ७५ जना सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।


स्कूल अफ एजुकेशनले निरन्तर तथा व्यवसायिक शिक्षा केन्द्र अन्तर्गत सामूदायिक तथा निजी विद्यालयहरुमा कार्यरत शिक्षक तथा विद्यालय व्यवस्थापनका विभिन्न पदमा कार्यरत व्यक्तिहरुलाई छोटा समयको कोर्स पढाउँदै आएको छ । साथै विषयगत ज्ञान, सीप तथा क्षमताको विकास गराउने उद्देश्यले विभिन्न छोटा समयको कोर्स तथा शैक्षिक विषयक तालिमहरु निरन्तर रुपमा दिँदै आएको छ ।


पछिल्लो समयमा व्यवसायिक शिक्षा केन्द्रले तीनवटा ३ क्रेडिटका कोर्सहरु सञ्चालन गरेको छ । जसमा विद्यायल नेतृत्व गर्नेहरुको वास्तविकता, पूर्व बाल्यावस्था शिक्षण गर्ने शिक्षकहरुको व्यवसायिक विकास र शिक्षकहरुका लागि एकिकृत स्टिम शिक्षा रहेका छन् ।


विभिन्न कोर्समा सम्मेलित सहभागिहरुलाई कोर्सको संरचना अनुसार विभिन्न व्रिmयाकलाप, स्थलगत अनुसन्धान तथा अभ्यासहरु गराई कार्य सम्पन्नताको आधारमा ग्रेड दिएको थियो । प्रमाणपत्र वितरण कार्यव्रmमको अध्यक्षता स्कूल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुईंटेल गरेका थिए ।


कार्यव्रmममा स्कुल अफ एजुकेशनका सह डिन प्रा.डा. धनपति सुवेदी तथा विभिन्न विभागहरुका विभागिय प्रमुखहरु क्रमशः सह प्रा.डा. शेषकान्त पङ्गेनी, सह प्रा.विनोद प्रसाद पन्त तथा सह प्रा.डा. हेमराज काफ्लेको उपस्थिति रहेको थियो । त्यसैगरी केन्द्रको बारेमा र सञ्चालनमा रहेका छोटा कोर्सहरुको आवश्यकता बारे डा.पार्वती ढुङ्गानाले जानकारी दिएकी थिइन भने आगामी कार्यव्रmमहरुका बारेमा केन्द्रका शिक्षक तथा सहजकर्ता सन्दिप ढुङ्गानाले गरेका थिए ।


सम्पन्न भएका कोर्सहरुका बारेमा अध्ययन गरेका विद्यार्थीहरुबाट अध्ययनको अनुभव प्रस्तुत गरेका थिए । अङ्ग्रेजी विभागका विभाग प्रमुख सह प्रा.डा. हेमराज sfk\mलेले कार्यक्रम समापन गरेका थिए ।