शैक्षिक उपलब्धि हासिल गर्न शिक्षकको योजना आवश्यक

Sept. 10, 2018

काठमाडौं /२५ असार सिकाइ गतिविधिलाई उद्देश्य अनुरुप र प्रभावकारी बनाउन मूल्याङ्कन पद्धतिको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षकको योजना कक्षा गतिविधि सञ्चालन र त्यसको मानक र आधिकारिक मूल्याङ्कन हुनसके चाहेको शैक्षिक उपलब्धि हासिलगर्न सकिन्छ । यही विद्यार्थी मूल्याङ्कनका मुख्य आधार उद्देश्य र प्रकारका सम्बन्धमा काठमाडौँ विश्वविद्यालय र दि एक्सेल्सियर स्कुलले एक दिने छलफल तथा कार्यशाला सम्पन्न भएको छ ।


८० जना शिक्षक सहभागी रहेको उक्त कार्यशालाको पहिलो सत्रमा विशेष गरी शिक्षणको दर्शन के हो ? कक्षा कोठामा शिक्षक प्रवेश गरेपछि के गर्नुपर्छ ? पाठयोजनाको स्वरुपले मूल्याङ्कनमा कस्तो असर पार्दछ ? लगायतका जस्ता विषयमा छलफल गरिएको थियो । साथै विद्यार्थी मूल्याङ्कनको महत्त्वपूर्ण पक्ष गृहकार्यमा विद्यार्थीको कम रुचिहुनका कारण, अभिभावकको अपेक्षा, शिक्षकको उद्देश्य र विद्यार्थीको रुचि र सहभागिता विषयमा समेत समूहगत छलफल र ती समस्याहरूको समाधानबारे सहभागीहरूले प्रस्तुतीकरण गरेका थिए ।


विशेष गरी मूल्याङ्कन, कक्षा परीक्षा, एकाइ परीक्षा, त्रैमासिक परीक्षा र वार्षिक परीक्षा र त्यसको आधिकारिक मापन र मूल्याङ्कनका लागि विद्यार्थीलाई कामदिने तरिका, त्यसको प्रक्रिया, कामको स्वरुप, विद्यार्थीको रुचि र पाठगत उद्देश्यको महत्त्वपूर्ण भूमिकाहुने कुरा छलफलबाट निष्कर्ष निकालिएको थियो ।


मूल्याङ्कनका महत्त्वपूर्ण आधारहरू या भिबचलष्लन,of learning, for learning र as learning त्यसको अवधारणा र उद्देश्यका सम्बन्धमा गहन छलफल भएको थियो । छलफलकै क्रममा मूल्याङ्कनको वैद्यता कायम गर्न र मूल्याङ्कन वैज्ञानिक बनाउन त्यसको आधार ढाँचा रुब्रिक्स कसरी निर्माणगर्ने विषयगत प्रश्न र विषयको वस्तुगत रुब्रिक्स कसरी तय गर्ने र निरन्तर मूल्याङ्कन, परियोजना लगायतका फरक फरक शीर्षक छलफल र नमुना प्रस्तुति समेत गराइएको थियो । साथै उद्देश्य अनुरुप क्षेत्र मापन श्रेणी र सूचाङ्क तयारी पारी मूल्याङ्कन गर्दा त्यो बढी आधिकारिक रहने छलफलको निचोड थियो ।


नियमित रुपमा व्यवहारिक कक्षाको र विद्यार्थीसँग साक्षात्कार हुने विषय मूल्याङ्कनको आवश्यकता, महत्व र प्रक्रियाका विषयमा भएको छलफलबाट विद्यालयका सहभागी शिक्षकहरूले आफ्नो पूर्व ज्ञान, अभ्यास र प्रयोगमा थप स्पष्टता र आधिकारिकता सँगै लाभान्वित समेत भएका छन् । काठमाडौँ विश्वविद्यालयका डा. सुरेश गौतमले सहजीकरण गर्नु भएको उक्तकार्यशाला विद्यालयको सभाकक्षामा सम्पन्नभएको थियो ।