महानगरका विद्यालय सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँग समझदारी
Dec. 20, 2023काठमाडौँ /२७ मंसिर – काठमाडौँ विश्वविद्यालय र काठमाडौँ महानगरपालिकाबिच सामुदायिक विद्यालय सुधारका लागि सम्झौता भएको छ । महानगरपालिकाले सञ्चालन गरेको ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रमलाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्ने उदेश्यले विश्वविद्यालयसँग सम्झौता भएको हो ।
मंगलबार महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति भोला थापा, स्कुल अफ एजुकेशनका डिन डा। बालचन्द्र लुइटेलको उपस्थितमा ६ वटा कार्यक्रमहरू कार्यान्वयन गर्न सम्झौता गरिएको छ ।
महानगर भित्रका सामुदायिक विद्यालयहरूमा शिक्षामा सिप , पुस्तक रहित शुक्रवार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण कार्यक्रम , शिक्षक विद्यार्थीको प्रविधि मैत्री सिप विकास कार्यक्रम , शिक्षण सिकाइ पेडागोजीमा सुधार , विद्यार्थीको नतिजामा सुधार कार्यक्रम र प्रारम्भिक बालविकास कक्षाको स्तरोन्नतिमा सहकार्य गर्न दुबै पक्ष तयार भएको सम्झौतामा उल्लेख गरिएको छ ।
Related News
-
शिक्षक प्रशिक्षकलाई सशक्तीकरण तालिम
May 11, 2024 -
समावेशी शिक्षा आवश्यक
Dec. 20, 2023 -
डिस्लेक्सिया भएका बालबालिकालाई फरक शैलीमा पढाउनुपर्ने
Dec. 20, 2023 -
विद्यार्थी सिकाइका लागि शिक्षक बढी दक्ष र सक्रिय हुनुपर्ने
Nov. 30, 2023 -
छोटा कोर्स गरेका ७५ जना सहभागिलाई प्रमाणपत्र वितरण
July 28, 2023 -
शिक्षकका जिम्मेवारीहरु विद्यार्थीलाई दिन सकिँदैन त ?
July 18, 2023 -
खुला हुन नसकेको खुला विश्वविद्यालय
July 11, 2023 -
Teachers’ Professional Development through Project Based Learning (PBL) Godawari Residential School
June 14, 2023 -
शैक्षिक उपलब्धि हासिल गर्न शिक्षकको योजना आवश्यक
Sept. 10, 2018