शिक्षक प्रशिक्षकलाई सशक्तीकरण तालिम
Oct. 11, 2023
काठमाडौँ /२४ असोज – शिक्षा क्षेत्रको निरन्तर विकासको परिदृश्यमा शिक्षक प्रशिक्षकहरूको भूमिका मूल्यवान् हुने भन्दै काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले शिक्षक प्रशिक्षकहरूको सशक्तीकरण तालिम सञ्चालन गरेको छ । शिक्षक प्रशिक्षकले शिक्षक, अभिभावक, विद्यालय संचालक एवम् शिक्षा क्षेत्रमा जोडिएका सरोकारवालाहरूलाई ज्ञान, सीप र शैक्षिक रणनीतिहरूमा मार्ग दर्शन प्रदान गरि शैक्षिक गतिविधिहरूमा योगदान दिने हुँदा शिक्षक प्रशिक्षार्थीहरूको प्रशिक्षण मनोवृत्ति, ज्ञान र सीपहरू विकासका लागि यो तालिम सञ्चालन गरिएको हो ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत रहेको सिपिइसीले ३ क्रेडिटको शिक्षक प्रशिक्षक तालिम सञ्चालन गरेको हो । । ३५ जनाको सहभागिता रहेको उक्त सर्ट कोर्स अन्तर्गत को १६ हप्ता (४८घण्टा) को प्रशिक्षक सहजीकरण कार्यक्रममा विशेषगरी तालिम आवश्यकता पहिचान, तालिम म्यानुअल निर्माण, प्रभावकारी तालिम प्रस्तुति सीप, तालिम मूल्याङ्कन सीपका बारेमा प्रयोगात्मक विधिबाट सिक्ने अवसर प्रदान गरिएको थियो ।
साथै सहभागीहरूलाई २ दिने प्रयोगात्मक कक्षा समेत सञ्चालन गरिएको थियो । प्रयोगात्मक कक्षामा सम्पूर्ण प्रशिक्षार्थीहरूले एकल एवं समूहमा विभिन्न विषयमा नमुना प्रशिक्षण सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ट प्रस्तुति गर्नु हुने १० सहभागीहरूलाई पुरस्कृत समेत गरिएको थियो । १६ हप्ताको कार्यक्रमबाट आफूहरू उत्साहित रूपमा सहभागी भएको र तालिम सञ्चालन गर्न साहस तथा सिप प्राप्त भएको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूको प्रतिक्रिया रहेको छ ।
तालिमकी सहभागि मधु बज्राचार्यले आफूले अपेक्षा गरे भन्दा माथिल्लो स्तरको सिकाई भएको र तालिम संचालन गर्नु अघि तालिम आवश्यकता पहिचान गर्न, तालिम सेसन निर्माणगर्न यस्ता शिपमुलक तालिमहरु निरन्तर हुनुपर्ने बताए । तालिमलाई बोझको रुपमा लिनुको सट्टा रमाइला सिकाई क्रियाकलापहरु सहित व्यवस्थित रुपमा तालिम संचालन गर्ने सिप हासिल भएको बताउँदै तालिम क्षेत्रमा काम गर्ने सबैले यस किसिमको प्रशिक्षण लिनैपर्ने आवश्यक रहेको बज्राचार्यको भनाई थियो ।
यसैगरी अर्का सहभागि प्रविण भट्टराइले विशेषगरी व्यवस्थित ढंगले तालिम संचालन गर्न आफुमा आत्मविश्वास सँगै सिप हासिल भएको बताए । उनले विशेषगरी तालिममा ख्याल गर्नुपर्ने मनोविज्ञान, समय व्यवस्थापन सहितको प्रभावकारी तालिम सेसन तयारी, शैद्धान्तिक पक्षलाई व्यवहारिक रुपान्तरणका तरिकाहरुले आफूलाइ थप शशक्तिकरण गरेको बताए ।
Related Notice
-
KUSOED CELEBRATES INTERNATIONAL DISABILITY DAY 2025! Join us at BMT Hall, Kusoed on 3rd December.
Dec. 3, 2025 -
Admission Opens! Diploma in Inclusive and Special Needs Education (Cycle-I)
Nov. 1, 2025 -
"Registration Open! Short Course on Professional Development for Early Childhood Educators"
Nov. 1, 2025 -
Open Call: Introducing KUedX – A New Learning Management System at Kathmandu University
July 3, 2025 -
Fellowship Call for Masters in Training and Development
Sept. 15, 2024 -
Fellowship Calling
Feb. 5, 2024 -
Training of Trainers (ToT) Certification
Feb. 1, 2024 -
Interview Result Published: Diploma In Inclusive and Special Need Education
Feb. 1, 2024 -
विद्यार्थीको सिकाइमा शिक्षकको भूमिका महत्वपूर्ण
Dec. 20, 2023 -
महानगरका विद्यालय सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँग समझदारी
Dec. 20, 2023