विद्यार्थीको सिकाइमा शिक्षकको भूमिका महत्वपूर्ण
Dec. 20, 2023
काठमाडौँ /२६ मङ्सिर – ‘कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्ट’ तालिममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र विभूति विद्या मन्दिर स्कुल र किङ्सटाउन मण्टेश्वरीको सहकार्यमा सञ्चालन गरिएको ‘कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्ट’ तालिममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
शिक्षकको शिक्षण क्षमता विकासका लागि प्रगतिशील शिक्षक शिक्षण सिकाइ तथा प्रामाणिक मूल्याङ्कन क्रममा ३ कार्य घण्टा बराबरको एक वर्ष अवधिको तालिम सञ्चालन गरिएको थियो ।
विश्वव्यापीकरण र एक्काइसौँ शताब्दीको माग अनुसारकै दक्ष जनशक्ति उत्पादनसँग कक्षा सिकाइलाई जोड्नका लागि सर्व प्रथमतः स्वयम् शिक्षकहरू नै दक्ष र तालिम प्राप्त हुनुपर्ने भएकोले तालिम सञ्चालन गरिएको थियो । स्कुल अफ एजुकेशन सिपिइपी तालिम मार्फत ‘स्कुल भिजन, मिसन एण्ड गोल सेटिङ’, ‘करिकुलम एण्ड लेसन प्लान’, ‘प्रोजेक्ट वेस लर्निङ’, इफेक्टिभ क्लास रुम म्यानेजमेन्ट’, ‘एसस्मेन्ट थ्रु रुब्रिक्स’ जस्ता शीर्षकमा केन्द्रित भई कक्षा सञ्चालन भएको थियो ।
काठमाडौँ विश्वविद्यालयको सिपिइपी कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गानाको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा.बालचन्द्र लुइटेलको उपस्थित रहेको थियो ।
लुइटेलले वर्तमान समयमा विद्यार्थीहरूको सिकाइमा शिक्षकको भूमिका नै महत्वपूर्ण रहेको बताए । वर्तमान सन्दर्भमा सिकाइका प्रमुख दुई माध्यम प्रत्यक्ष र अप्रत्यक्ष मध्ये यस किसिमका कार्यक्रम प्रत्यक्ष माध्यम अन्तर्गत पर्ने र यसले सिकाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने लुइटेलको भनाई थियो ।
कार्यक्रममा १ वर्षको अवधिमा तालिमबाट प्राप्त उपलब्धिहरूलाई समेटेर विभिन्न विषयमा शिक्षकहरूले आ–आफ्नो अनुभव साटे । विभूति स्कुलका प्रिन्सिपल राजेश्वर श्रेष्ठले यस प्रकारका तालिमबाट प्राप्त उपलब्धिले विद्यालय शिक्षाको स्तरोन्नतिमा सकारात्मक प्रभाव परेको बताए ।
स्कुलका निर्देशक डा। शंकर कुमार श्रेष्ठले तालिमबाट प्राप्त उपलब्धिहरूलाई सफलता पूर्वक कक्षा कोठामा लागु गर्नु पर्ने र त्यस उपलब्धिबाट विद्यार्थीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।
Related Notice
-
KUSOED CELEBRATES INTERNATIONAL DISABILITY DAY 2025! Join us at BMT Hall, Kusoed on 3rd December.
Dec. 3, 2025 -
Admission Opens! Diploma in Inclusive and Special Needs Education (Cycle-I)
Nov. 1, 2025 -
"Registration Open! Short Course on Professional Development for Early Childhood Educators"
Nov. 1, 2025 -
Open Call: Introducing KUedX – A New Learning Management System at Kathmandu University
July 3, 2025 -
Fellowship Call for Masters in Training and Development
Sept. 15, 2024 -
Fellowship Calling
Feb. 5, 2024 -
Training of Trainers (ToT) Certification
Feb. 1, 2024 -
Interview Result Published: Diploma In Inclusive and Special Need Education
Feb. 1, 2024 -
महानगरका विद्यालय सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँग समझदारी
Dec. 20, 2023 -
समावेशी शिक्षा आवश्यक
Dec. 20, 2023